फिल्मफेयरमा आलिया र रणबीर सर्वश्रेष्ठ


एजेन्सी – ६९औँ फिल्मफेयर फिल्म अवार्डको आइतबार घोषणा गरिएको छ ।

गुजरातमा भएको यस अवार्ड समारोहमा आलिया भट्टलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइयो । फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा अभिनय गरेबापत उनले यो अवार्ड पाएकी हुन् ।

रणवीर कपूरले फिल्म ‘एनिमल’ मा गरेको अभिनयका लागि उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । ‘१२ औं फेल’ ले २०२३ को उत्कृष्ट फिल्मको अवार्ड पाएको छ भने फिल्मका निर्देशक विधु विनोद चोपडाले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् ।

विक्की कौशललाई फिल्म डन्कीमा अभिनय गरेबापत सर्वोत्कृष्ट अभिनेता (सहयोगी भूमिका) को उपाधि दिइएको छ । फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा अभिनय गरेबापत शबाना आजमीलाई सर्वोत्कृष्ट अभिनेत्री (सहयोगी भूमिका) को अवार्ड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement