अल्लु अर्जुनको फिल्म ‘अला वैकुंठापुरमलो’ ले कमायो १० दिनमै २२० करोड


एजेन्सी – साउथ फिल्मका सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘अला वैकुंठापुरमलो’ ले १० दिनमै २२० करोड आम्दानी गरेको छ ।

गत जनवरी १२ मा रिलीज भएको फिल्मले पहिलो दिनदेखि दशौं दिनसम्ममा फिल्मले बक्स अफिसमा शानदार कमाई गर्न सफल भएको हो ।
फिल्मले पहिलो दिन ११९ करोड कमाई गरेको थियो । यो कुल कमाई विश्वभरीको आम्दानी हो ।

फिल्मको सफलतापछि अल्लुले ट्विटरमा एउटा तस्वीर सेयर गर्दै आफ्ना दर्शकहरुलाई धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘यो अनुहारमा आएको खुशी निकै सुन्दर छ । यो खुशी मनैभित्रबाट महसुस गरिरहेको छु । हामीलाई खुशी त्यतिबेला मिल्छ जतिबेला दिलभित्रबाट माया पाउँछौँ । तपाईंको माया र आशिर्वादको लागि धन्यवाद ।

प्रतिक्रिया दिनुहोस
Advertisement