कतारका राजकुमारले चढे अमादब्लम हिमाल


काठमाण्डु – कतारका राजकुमारसहितको टोलीले अमादब्लम हिमालको सफल आरोहण गरेका छन् ।

राजकुमार शेख मोहम्मद विन अब्दुल्लाहको टोलीले आज बिहान ११ः२० बजे प्राविधिक हिसाबले महत्वपूर्ण मानिएको उक्त हिमालको सफल आरोहण गरेको हो ।

अमेरिकी गाइड ग्यारेट सी म्याडसनको नेतृत्वमा ६ जनाको टोली शिखरमा पुगेको ट्रेकिङ कम्पनी हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक इश्वरी पौडेलले जानकारी दिए ।

६ हजार आठ सय १२ मिटर अग्लो हिमालको आज सफल आरोहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement