एमालेले उपसभामुखमा लोसपाकी चन्दा चौधरीलाई समर्थन गर्ने


काठमाण्डु – नेकपा एमालेले उपसभामुखमा लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदार चन्दा चौधरीलाई समर्थन गर्ने भएको छ । लोसपाकी नेतृ चौधरीले उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेपछि एमालेले उनलाई सघाउने भएको हो ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले लोसपाबाट उम्मेदवारी नपरेमा तत्काल निर्णय गरेर आफ्नो उम्मेदवारी दिइने बताए ।प्रतिनिधिसभाको उपसभामुखका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ । सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराइसकेकी छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद रिक्त छन् । बाँकी २७१ मा पनि चारजना निलम्बनमा रहेका २६६ जनाले मतदान गर्न पाउँछन् । १३४ मत भए उपसभामुख जित्न पुग्छ । गठबन्धनसँग हाल कांग्रेसका ६१, माओवादीका ४९, नेकपा एसका २४ सांसद छन् ।

जसपाका केही सांसद बाबुरामतिर छन् भने केही तटस्थ रहेका छन् । गठबन्धनमा आबद्ध राजमोको एक सांसद छन् भने नेपाल मजदुर किसान पार्टी र राप्रपाका एक(एकजना सांसद छन् । एमालेसँग ९८ सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement