अमेरिकाका लागी नेपाली राजदूतलाई भेनेजुएला प्रकरणबारे अमेरिकाद्धारा जवाफ माग


काठमाडौं – अमेरिकाका लागी नेपाली राजदूत अर्जुन कार्कीलाई अमेरिका सरकारले स्पष्टिकरण सोधेको छ । भेनेजुएला प्रकरणमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको वक्तव्यबारे जानकारी लिन राजदूत कार्कीलाई अमेरिकी सरकारले स्पष्टिकरण सोधेको हो ।

कार्कीलाई अमेरिकी विदेश मन्त्रालयको साउथ र सेन्ट्रल एसिया हेर्ने विभागले बोलाएर सत्तारुढ पार्टीका अध्यक्षको विज्ञप्तीवारे चासो राखेको स्रोतको दावी छ ।
दाहालको विज्ञप्तीवारे काठमाडौंस्थित अमेरिकी दूतावासले समेत परराष्ट्रमन्त्रालयमा असन्तुष्टि जनाएको थियो । उनको वक्तव्यमा अमेरिकाले भेनेजुएलामा गरेको ठाडो हस्तक्षेपको विरोध जनाइएको थियो । परराष्ट्रमन्त्रालयले दाहालको वक्तव्यलगत्तै सन्तुलित वक्तव्य जारी गरेको थियो ।
नेपालका लागी अमेरिकी राजदूत रेण्डी वेरीले शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको कुटनितीक विफ्रिङमा समेत अनुपस्थित भएका थिए । उनले कार्यक्रममा डिसिएमलाई पठाएर असन्तुष्टि प्रकट गरेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement