राष्ट्रपतिसमक्ष चार देशका राजदूतले पेस गरे ओहदाको प्रमाणपत्र


काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न चार देशका आवासीय राजदूतहरूले ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।

बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका हुन् ।

नेपालका लागि इजिप्टका राजदूत नोहा हाम्दे याख्मद एल्गेबाली, जर्मनीका थोमस हेनरिच प्रिन्ज, नर्वेका तोरन ड्राम्देल र फ्रान्सका जिल बुबाउले ओहदाको प्रमाणपत्र पेस परेका हुन्।

सो समारोहमा परराष्ट्र मन्त्री नारायण खड्का र सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

No description available.

प्रतिक्रिया दिनुहोस
Advertisement