द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन


काठमाण्डु-द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ ।

९१ वर्षको उमेरमा उपचारको क्रममा उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

निमोनियाबाट पीडित श्रेष्ठ दुई महिनादेखि उपचाररत थिइन् । उनको पशुपति आर्यघाटमा भोलि दाहसंस्कार गरिने छ ।

६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । श्रेष्ठले चार वर्षअघि क्यान्सरलाई जितेकी थिइन् । अम्बिकाको जन्म दार्जिलिङमा भएको थियो । उनका दुई छोरी छन् ।