मापदण्ड पुगेका स्वास्थ्य संस्थालाई मात्र एम्बुलेन्समा राजस्व छुट दिन आग्रह


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पुगेका र स्वास्थ्य संस्थालाई मात्र एम्बुलेन्स सञ्चालन अनुमति तथा राजस्व छुटको सिफारिस दिन अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता तथा प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन डा. प्रकाश बुढाथोकीले ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८’ अनुसार मापदण्ड पुगेका स्वास्थ्य संस्थालाई मात्र एम्बुलेन्स सञ्चालन अनुमति तथा राजस्व छुटको व्यवस्था भएको जानकारी दिए ।

देशभर रहेका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट छिटोछरितो रूपमा सञ्चालन गरी बिरामी वा घाइतेलाई अस्पतालसम्म पुर्‍याउन नागरिकको लागि सहज र सरल रूपमा आकस्मिक स्वास्थ्य सेवा सहितको एम्बुलेन्स सेवा सुनिश्चित गर्नु राज्यको दायित्व भएको भन्दै आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement