झण्डाको अपमानपछि इरानको बयान- अमेरिकाले मूल्य चुकाउनुपर्नेछ


एजेन्सी- इरानले आफ्नो राष्ट्र ध्वजको अपमानपछि अमेरिकालाई मूल्य चुकाउनुपर्छ भन्दै धम्की दिएको छ । राजनीतिक मामिलाका उपाध्यक्ष मोहम्मद देहकनले अमेरिकी फुटबलर फेडरेशनको वेबसाइटमा इरानको राष्ट्रध्वजसँग गडबडी गरेका कारण अमेरिकाले मूल्य चुकाउनुपर्ने बताएका छन् ।

वास्तवमा यूएस फुटबल फेडरेशनले ट्विटर, फेसबुक र इन्स्टाग्राममा केही ग्राफिक्स पोस्ट गरेका थिए जसमा इरानको झण्डाबाट ‘अल्लाह’ शब्द हटाइएको थियो । इरानको झण्डामा हरियो र रातो रङको बीचमा सेतो रङमा अल्लाह लेखिएको छ ।

अमेरिकाले आधारभूत अधिकारका लागि लडिरहेका इरानी महिलाको समर्थनमा इरानको आधिकारिक झण्डा प्रयोग नगर्ने निर्णय लिएको बताएको छ । देहकनले अमेरिकाको यो कदमलाई ‘अनैतिक’ र अन्तर्राष्ट्रिय नियमविरुद्ध भएको बताएको छ ।

उनका अनुसार इरानी प्रशासनले यो मामिलालाई माथिल्लो तहमा लिएर जाने र अमेरिकाले आफ्नो गैर कानुनी कामका लागि मूल्य चुकाउनुपर्नेछ । इरानको फुटबल फेडरेशनले पनि फिफासँग यो मामिलाबारे आफ्नो असन्तुष्टि व्यक्त गरिसकेको छ ।

यस्तै, अमेरिकाले आधारभूत अधिकारको लडाईं लडिरहेका इरानी महिलाको समर्थनमा इरानको आधिकारिक झण्डा प्रयोग नगर्ने निर्णय गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement