अमेरिकामा भएको सडक दुर्घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु, दुई घाइते


काठमाडौं – अमेरिकाको मुसौरी हाईवेमा मंगलवार अपरान्ह भएको सडक दुर्घटनामा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ। सोही परिवारका २ जना गम्भीर घाइते भएका छन् ।

मिजौरीको स्थानीय समय अनुसार मंगलवार करिब २ बजेर ५५ मिनेटको समयमा हाइवे ४४ मा भएको दुर्घटनामा स्थानीय ब्ल्यु स्प्रिङ्ग्स भन्ने ठाउँमा बस्ने तीन नेपालीको घटनास्थलमा नै मृत्यु भएको हो। गोविन्द खनालको दुर्घटनास्थलमा नै निधन भएको थियो भने श्रद्धा र उनकी आमा शान्ता खनालको उपचारका लागि अस्पतालमा पुर्याएपछि मृत्यु भएको थियो।

स्थानीय जोप्लिन प्रहरी विभागले जनाए अनुसार दुर्घटनामा सवारी चालक श्रद्धाका पति प्रभाश ओझा र ओझा दम्पतिका ४ वर्षीय छोरा सौर्य ओझा गम्भिर घाइते भएका छन्। घाइते मध्ये बालक सौर्यको स्थिति चिन्ताजनक रहेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीका अनुसार, सिल्भर रंगको टोयोटा र्याभफोर गाडी हाइवेमा दुर्घटना भएको हो। ओझाले चलाएको सोही गाडीलाई पछाडिबाट आएको सेतो रंगको टोयोटा पिक अपले ठक्कर दिएको थियो। दुर्घटनाकोबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको थियो।  मृतकका आफन्तका अनुसार सन् २०१२ मा डिभी परेर श्रद्धाको परिवार अमेरिका आएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement