अमेरिकी राजदुत बेरीले गरे ऊर्जामन्त्री पुनको प्रशंसा, दियो यस्तो सुझाव


काठमाडौं – ऊर्जामन्त्री वर्षमान पुनले नेपालमा ऊर्जाको क्षेत्रमा लगानी बढाउनका लागि गरिरहेको प्रयासलाई अमेरिकी राजदुत रेण्डी बेरीले प्रशंसा गरेका छन् ।

नेपालका लागि अमेरिकी राजदुत रेण्डी बेरीले शुक्रबार विहान सामाजिक सञ्जाल ट्विटरमा ऊर्जामन्त्रालयको कामको प्रशंसा गरेका हुन् । ’’नेपालको अर्थतन्त्रको विकास रोजगारी सृजना र जिवनस्तर सुधार गर्ने कार्यक्रम संचालन गर्न मद्दत पु¥याउन नेपालका ऊर्जामन्त्रीले जुन किसिमले स्थानीय लगानिकर्ताहरुबाट सुझाव संकलन गरिरहेका छन् ।

जुन कुरा प्रेरणादायी छ’’ , उनले भनेका छन्, ’’अमेरिकी लगानी आकर्षित गर्ने उत्तम बाटो भनेको राम्रो लगानीको वातावरण ग्यारेन्टी गराउनु पर्यो । स्थानीय उद्यमी, उद्योगी र उद्योग धन्दाका लागि उत्तम बाटो हो ।’’

यसअघि निजी क्षेत्रले उत्पादन गर्ने बिजुली नेपाल विद्युत प्राधिकरणले खपत नगरे पनि भुक्तानी गर्ने (टेक अर पे)को पीपीएको सीमा सकिएको सार्वजनिक भइरहेको वेला ऊर्जा मन्त्री पुनले विद्युत बिक्रीको बजार सरकारले खोज्ने भएकाले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेका थिए । त्यस्तै विद्युत बिकासका लागी ऊर्जामन्त्री पुनले विदेशी मुलुकसंग बढाएको सहकार्यको पनि अमेरिकाले स्वागत गर्दे आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement