अमेरिकी सेनाका इण्डो प्यासिफिक कमाण्डर प्रमुख काठमाण्डु आइपुगे


काठमाण्डु- अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डर प्रमुख एड्मिरल नेपाल आएका छन् ।

शनिवार साँझ ६ बजे जर्नेल जोन सि अक्विलिनो र श्रीमतीसहित सवार वायुसेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

काठमाण्डु आइपुगेको अमेरिकी वायुसेनाको कल साइन एसपीएआर १३ विमानमा १८ जना सैन्य टोली र चार जना चालक दलका सदस्य छन् । टोलीमा श्रीमती लौरा अक्विलिनो, क्याप्टेन मेल्भिन स्मिथ, लेफ्टिनेन्ट कर्नेल नोर्म रेनफ्रो, रिच बेरी, जेसन मोब्ले, कार्ल गारमन, एण्डेयु फ्रेल, डा. ओलिभर लि छन् ।

त्यस्तै क्याप्टेन कैली रेन्स, स्यानोन स्मिथ, डेभिड रोड्रिगेज, ग्यारेट अथर्ले, डाइजिरो कानासे, डेभिड रान्ज, डेभिड इसोम, क्रिस्टल सिमान्स्की र ह्यामिल्टन रुल्लान कन्टे्रास पनि सोही उडानमा काठमाण्डु आएका हुन् ।

अक्विलिनोले पाँचखालमा मंगलबारदेखि आयोजित ग्लोबल पिस किपिङअन्तर्गत चौथो शान्ति प्रयास अवलोकनका गर्नेछन् । आगामी मार्च ४ तारिखसम्म हुने विशेष सैनिक अभ्यासमा नेपाल, अमेरिकालगायत विश्वका डेढ दर्जन मुलुकका सेनाको सहभागिता छ । जर्नेल अक्विलिनोले उच्चस्तरीय भेटघाट पनि गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement