हिन्द महासागरमा चीनलाई टक्कर दिन अमेरिका, बेलायत र अस्ट्रेलियाबीच सुरक्षा सम्झौता


सिड्नी – अमेरिका, बेलायत र अस्ट्रेलियाले विशेष सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । हिन्द महासागरमा चीनको बढ्दो प्रभावलाई टक्कर दिन त्रिदेशीय सुरक्षा सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतासँगै यी देशले अत्याधुनिक सुरक्षा प्रविधि आदानप्रदान गर्नेछन् ।

हिन्द महासागरमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिबाट तीन वटै देश चिन्तित छन् । सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक आणविक शक्तियुक्त पानीजहाज निर्माण गर्न सहयोग गर्नेछ ।

अउकस नाम दिइएको सो सम्झौतामा कृत्रिम गुप्तचरी, विशेष प्रविधि र साइबर समेटिएको छ । अमरिकी राष्ट्रपति जोन बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार अस्ट्रेलियाले फ्रान्सेली मोडलको पानीजहाज निर्माण गर्न पक्रिया सुरु गरेको छ । अस्ट्रेलियाको जल सेनाका लागि १२ वोटा जहाज निर्माण गर्न फ्रान्सले अर्ब डलर बराबरको सम्झौता गरिसकेको छ । यो अस्ट्रेलियाको रक्षा क्षेत्रमा अहिलेसम्मकै ठूलो सम्झौता हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement