नेपाललाई थप एक लाख खोप दिने अमेरिकाकाे घाेषणा, सोमबार नेपाल आइपुग्ने


काठमाणडु – अमेरिकाले नेपाललाई थप एक लाख डोज खोप दिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासकाअनुसार नेपाललाई कोरोना भाइरसविरुद्धको एक लाख ६ हजार २० डोज फाइजर खोप अनुदानमा उपलब्ध गराउने भएको हो । अनुदानमा दिइएको एक लाख ६ हजार २० डोज अनुदानको खोप सोमबार नेपाल आइपुग्ने दूतावासले जनाएको छ ।

अमेरिकाले यसअघि गत जुलाईमा पनि १० लाख ५३ हजार डोज कोरोनाविरुद्धको खोप नेपाललाई अनुदानस्वरुप दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement