अमेरिकी सहायक उपविदेशमन्त्री किडरलिङ काठमाण्डुमा


काठमाण्डु – अमेरिकी सहायक उपविदेशमन्त्री केली किडरलिङ नेपाल आइपुगेकी छन् । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक अमेरिकी विदेशमन्त्री डोनाल्ड लू काठमाण्डु ओर्लिएको एकदिनपछि किडरलिङ नेपाल भ्रमणको सिलसिलामा काठमाण्डु आइपुगेकी हुन् ।

उनलार्ई त्रिभुवन विमानस्थलमा अमेरिकी राजदूत ¥यान्डी बेरीसहित अमेरिकी दूतावासका अधिकारीले स्वागत गरेका थिए । किडरलिङले नेपालका राजनीतिक नेतृत्वसहित नागरिक समाजका प्रतिनिधिलाई समेत भेट्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement