अमेरिकाले पठाएको फाइजरको १ लाख डोज खोप नेपाल आइपुग्यो


काठमाण्डु – अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको १ लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार बिहान कतार एयरलाइन्सको जहाजमार्फत फाइजरको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

यो अमेरिकाको फाइजर र जर्मनीको बायोनटेक कम्पनीले संयुक्त रूपमा निर्माण गरेको एमआरएनए कोभिड–१९ खोप हो । फाइजर खोप कोरोनाविरुद्ध नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि एस्ट्राजेनेका, भेरोसेल र जोन्सेन एन्ड जोन्सेन खोप प्रयोग भइसकेको छ ।

अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले जानकारी दिए । उनले तिहार र छठ पर्व सकिएपछि खोप कार्यक्रम सुरु गरिने बताए । यसअघि गत जुलाईमा अमेरिकाले १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement