अमेरिकाले दियो सभापति देउवालाई बधाई


काठमाण्डु – नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएका प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकाले बधाइ तथा शुभकामना दिएको छ ।

काठमाण्डुस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीटरमार्फत देउवालाई बधाइ दिएको हो । देउवा १४ औं महाधिशनबाट पुन: पाँच वर्षका लागि सभापति भएपछि पहिलोपटक बधाइ दिने मुलुक अमेरिका बनेको छ । उनी प्रधानमन्त्री नियुक्त हुँदा पनि अमेरिकाले सुरुमै बधाइ दिएको थियो ।

अमेरिकाले आफू लोकतन्त्र, मानवअधिकार र निश्पक्ष तथा धाँधलीरहित चुनावको पक्षमा रहेको समेत बधाइ सन्देशमा बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement