काठमाण्डु– अमेरिकाले नेपाललाई दिने ३ करोड ९० लाख अमेरिकी डलर (५ अर्ब ५३ करोड) रुपैयाँ सहयोग रोकेको छ।
अमेरिकाले नेपालको संघीयता र जैविक विविधता संरक्षणका लागि छुट्याएको उक्त सहयोग रोकेको हो ।
अमेरिकाले २ करोड डलर संघीयता र १ करोड ९० लाख डलर जैविक विविधता संरक्षणका लागि छुट्याइएको थियो।
टेस्लाका मालिक एलन मस्कले नेतृत्व गरिरहेको अमेरिकाको सरकारी दक्षता विभाग (डिओजीइ) ले सामाजिक सञ्जाल एक्समा पोस्ट सेयर गर्दै उक्त सहयोग रोकेको जानकारी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशलाई मान्दै उक्त सहयोग कटौती गरिएको हो ।
जसमा नेपाल, कम्बोडिया, बंगलादेश, सर्बिया, र भारत लगायतका देशमा पनि करोडौं डलर बराबरका परियोजनाको रकम रोकिएको छ।
प्रतिक्रिया