आईसीसी क्रिकेटः नेपालले लियो अमेरिकाको ३ विकेट


काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल र अमेरिकाबीचको खेलमा नेपालले तीन विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले दुई र सुशन भारीले एक विकेट लिएका छन् ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि अमेरिकाले ब्याटिङ गरिरहेको छ । ताजा अवस्थामा अमेरिकाले ७ औं ओभरमा तीन विकेट गुमाउँदै २७ रन बनाएको छ ।

जारी एकदिवसीय शृंखलामा नेपाल र अमेरिकाको यो चौथो खेल हो । यसअघि अमेरिका ओमानसँग पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ९२ रनले पराजित भएको थियो भने नेपालसँग ३५ रनले पराजित भएको थियो ।

नेपाल पहिलो खेलमा ओमानसँग १८ रन र दोस्रो खेलमा आठ विकेटले पराजित भएको थियो । नेपालले आज टोलीमा एक खेलाडी परिवर्तन गरेको छ । ओमानविरुद्धको पछिल्लो खेलमा खेलेका कमलसिंह ऐरीको स्थानमा ललित राजवंशीलाई टोलीमा समावेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement