कोरोनाविरुद्ध लड्न नेपाललाई १८ लाख डलर सहयोग गर्ने अमेरिकाको घोषणा


काठमाडौं – अमेरिकाले कोरोना भाइरस (कोभिड–१९)सँग लड्न नेपाललाई करिब १८ लाख डलर सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकाले शनिवार ६४ देशलाई १ सय ७४ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको हो ।

भाइरसबाट अति जोखिममा रहेका राष्ट्रहरुलाई युनाइटेड स्टेट एजेन्सी फर इन्टरनेश्नल डेभलप्मेन्ट (युएसएआइडी) बाट सहयोग रकम प्राप्त हुनेछ । डिपार्टमेन्टले भाइरसको आउटब्रेकसँग जुध्न दक्षिण एसियाली राष्ट्रहरुलाई १ मिलियन अमेरिकी डलर सहयोग समेत गर्नेछ ।

जसअन्तर्गत नेपालले १८ लाख अमेरिकी डलर सहयोग पाउने भएको हो । सहयोग अन्तर्गत भारतले २९ लाख, बंगलादेशले ३४ लाख, श्रीलंकाले १३ लाख र अफगानिस्तानले ५० लाख अमेरिकी डलर पाउनेछन् ।

युएसएआइडीका सहायक प्रशासक बोनी ग्लिकले भाइरसविरुद्ध लड्न घोषणा भएको नयाँ सहयोगले जनस्वास्थ्यको क्षेत्रमा अमेरिकाको सबैभन्दा ठूलो द्विपक्षीय सहयोग बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement