काठमाण्डु – अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ ।
सोमबार बिहान भएकाे भेटवार्तामा राजदूतले बेरीले अमेरिकाको राजदूत भएकोमा खतिवडालाई बधाई दिँदै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘मैले अर्थमन्त्रीको हैसियतमा उनीसँग काम गर्ने र भेट्ने अवसर पाएँ । मलाई विश्वास छ कि हामी संयुक्त राज्य अमेरिका र नेपालको मित्रतालाई अझ राम्रो बनाउनको लागि मिलेर काम गर्न सक्छौं’, राजदूत बेरीले भनेका छन् ।
प्रतिक्रिया