अमेरिकी राजदूतले सोधेः एमसीसी के हुँदैछ ? मन्त्रीको जवाफः धेरै चिन्तित हुने अवस्था छैन !


काठमाण्डु – उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेटावार्ता भएको छ ।

आइतबार रक्षामन्त्रालयमा भएको भेटवार्तामा दुवै देशको आपसी हितका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा राजदूत बेरीले लामो समयदेखि विवादमा रहेको अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीससी) बारे चासो राखेका थिए । उनले मन्त्री पोखरेललाई सोधे, ‘एमसीसीको विषयमा के हुँदैछ ? धेरै देशबाट एमसीसीको माग भइरहेको छ । तपाईहरुको चाँही ढिला भइरहेको छ । किन ढिला भएको हो ?’

जवाफमा मन्त्री पोखरेलले यो विषयमा सरकारले गम्भीर छलफल गरिरहेको बताएका थिए । ‘हामी यो विषयमा अध्ययन गरिरहेका छौं । यहाँहरु त्यति धेरै चिन्तित हुनुपर्ने अवस्था छैन् ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एमसीसीको विषयमा विवाद चर्किरहेको छ । एमसीसीमा भएका केही प्रावधान संशोधन गर्नुपर्ने नेताहरुले माग गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement