नेपालबाट आफ्ना नागरिक लैजान अमेरिकाले कतार एअरवेज पठायो


काठमाडौं – अमेरिकी नागरिक लैजान चार्टर्ड जहाज नेपाल आइपुगेको छ । आफ्ना नागरिक लैजान अमेरिकाले पठाएको कतार एअरवेजको जहाज नेपाल आइपुगेको हो ।

चार्टर्ड जहाज तीन सय यात्रु बोकर कतारको दोहा हुँदै अमेरिकाको डल्लास एअरपोर्ट जानेछ ।

यस्तै नेपालका विभिन्न स्थानमा रहेका अमेरिकी नागरिकलाई नेपाल पर्यटन बोर्डको सहकार्यमा काठमाण्डौ ल्याउने काम सकिएको र ती यात्रुलाई क्रमशः देश फर्काउने अमेरिकी दूतावासले जनाएको छ ।

यसको लागि अर्को चार्टर्ड उडानको पनि तयारी रहेको अमेरिकी दूतावासले जनाएको छ । यसअघि युरोपेली देशले पनि कतार एअरवेजमार्फत आफ्ना नागरिक स्वदेश लगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement