अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन अमेरिकाबीच तनाव


एजेन्सी – अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विषयलाई लिएर अमेरिका र चीनबीच फेरी तनाव बढेको छ । पेलोसी एसिया भ्रमणको क्रममा सोमबार सिंगापुर पुगेकी छन् । अमेरिकी सेनाको सैन्य विमान सी ४० सी बाट उनि वासिङटन हुंदै सिंगापुर पुगेकी हुन् । उनको भ्रमणलाई लिएर धेरै अड्कालवाजीहरु भइरहेका छन् ।

सोमबार उनले सिंगापुरका प्रधानमन्त्री ली हसिइन लुंगसंग भेटवार्ता गरेकी थिईन । त्यहाबाट उनि मलेसिया,जापान र साउथ कोरियाको भ्रमणमा जाने कार्यक्रम छ । उनको ताइवान समेत भ्रमण हुने अड्कालवाजी भएपनि अहिलेसम्म भ्रमणको आधिकारीक जानकारी भने सार्वजनिक भएको छैन ।

ताइवानी मिडियाहरुले उनि मंगलवार सांझ ताइवान पुग्ने दावी गरेका छन् । तर, उनको सार्वजनिक भएको भ्रमण सूचीमा भने ताइवान जाने कार्यक्रम समावेश भएको छैन । अमेरिकी अधिकारीहरुले ताइवानबारे अमेरिकाको आधिकारीक धारणामा परिवर्तन नआएको भन्दै उनको सुरक्षाको लागि सबै प्रवन्धहरु गरिएको दावी गरेका छन् ।

चिनियां विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजिनले पेलोसिको ताइवान भ्रमण भए चिनियां जनमुक्ति सेना खाली नबस्ने चेतावनी दिएका छन् । उनले भनेका सोमबार भनेका छन् ‘चीन अमेरिकालाई फेरी पनि चेतावनी दिन्छ । यदी पेलोसीको ताइवान भ्रमण भए पिएलए खाली बस्ने छैन । उनको ताइवानको यात्रा गम्भिर राजीतिक प्रभावको कारण बन्नेछ ।’

२५ वर्षपछि पहिलो पटक ताइवान भ्रमण हुन लागेको अमेरिकी सभामुखको कार्यक्रमले दुई मुलुकबीचको सम्बन्ध थप विग्रेको छ । दुवै देशका अधिकारीहरुले एक अर्कालाई धम्कीपूर्ण सन्देशहरु दिइरहेका छन् ।

बिहीबार चिनियाँ राष्ट्रपति सी चिनफिङले दुई घण्टा १७ मिनेट लामो टेलिफोन संवाद गरेका थिए । उनले आफ्ना अमेरिकी समकक्षी जो बाइडेनसंग भएको संवादमा पनि ताइवानको विषयमा ‘आगोसँग नखेल्न’ चेतावनी दिएका थिए ।

अमेरिकी अधिकारीहरुले पेलोसिलाई ताइवानको भ्रमण नगर्न सुझाव दिएका छन् । चिनियां अधिकारीहरुले एक चीन सिद्धान्त ताइवान जल क्षेत्रको शान्ति र स्थिरताको प्रमुख कारण भएको भन्दै अमेरिकाले एक चीन नीतिको लगातार उल्लंघन गरेको आरोप लगाउंदै आएका छन् ।

पेलोसीको विमानलाई अमेरिकी सेनाले बफर जोन बनाएको जापानी पत्रिका निक्कईले दावी गरेको छ । अमेरिकी नौसेनाले महाविनाशक एयरक्राप्ट र विशाल प्लेन ताइवानको सीमा क्षेत्रमा तैनाथ गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement