अमेरिकाले दियो बालबालिकालाई लगाउन थप १० लाख कोरोना खोप


काठमाण्डु – अमेरिकाले कोरोना भाइरसविरूद्धको थप १० लाख ८ हजार डोज फाइजर खोप हस्तान्तरण गरेको छ । ५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि लगाउन मिल्ने १० लाख ८ हजार डोज खोप बिहीबार बेलुकी नेपाल आइपुगेको हो ।

योसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र युनिसेफ नेपालसँगको सहकार्यमा अमेरिकाले फाइजर–बायोटेक कोभिड–१९ भ्याक्सिनको ४० लाखभन्दा बढी डोज नेपाललाई निशुल्क उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement