अमेरिकन पेस्तोलसहित २ जना युवक पक्राउ


काठमाण्डु – प्रहरीले हतियारसहित दुई जना युवालाई पक्राउ गरेको छ । बुधबार अपराध महाशाखाको टोलीले अमेरिकन पेस्तोलसहित दुई जना युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नुवाकोटको शिखरबेसी ६ का २७ वर्षीय विकेश पण्डित र नुवाकोटको लिपु–१ का अमर तामाङ रहेका छन् ।

उनीहरुको साथबाट अमेरिकन पेस्तोलसहित २ थान म्यागजीन र १० राउण्ड गोली फेला परेको छ ।

महाशाखाबाट प्रहरी निरीक्षक भोला कुमार भट्टको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सोधपुछका क्रममा तामाङले उक्त हतियार डाका मुद्धामा कारागारमा रहेका धनुषाका शम्भु कार्कीको भएको र कार्कीले पहिलो उक्त हतियार जेलमा रहेका धादिङ खाल्टेका राजकुमार गुरुङलाई राख्न दिएको राजकुमारले बालाजुको एक होटल साहुलाई राख्न दिएको बयान दिएका थिए ।

अमर तामाङ डाका मुद्धामा ६ वर्ष २ महिना जेल बसेर गत चैत २२ गते छुटेका थिए । त्यसपछि उनी अवैध हतियार ओसारपसारमा संलग्न हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement