अमेरिकी राजदूत बेरीको सक्रियता बढ्यो, प्रचण्ड र देउवासंग भयो यस्तो छलफल


काठमाण्डु– अमेरिकी राजदूत रेण्डी बेरीको सक्रियता बढेको छ । नेकपाभित्रको विवाद उत्कर्शमा पुगेका बेला अमेरिकी राजदूतको सक्रियता बढेको हो । राजदूत बेरीले सोमबार नेकपाका अध्यक्ष प्रचण्डसंग भेटवार्ता गरेका थिए ।

त्यसलगत्तै बेरी कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न सोमबार सांझ उनको निवास बुढानिलकण्ठ पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठन गरेपछि उक्त मुद्धा अदालतमा विचारधिन रहेको अवस्थामा अमेरिकी राजदूतले प्रचण्ड र देउवालाई भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । निर्वाचन आयोगले आईतबार सांझ नेकपाको विवादबारे निर्णय गर्दै दुवै पक्षलाई कानुनी मान्यता नदिने निर्णय गरेको थियो । त्यसको भाेलीपल्ट अमेरिकी राजदूतले प्रचण्ड र देउवालाई भेटेका हुन् ।

उनले भेटघाट गर्नुको मुख्य उद्देश्य नयां अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकताहरूबारे छलफल गर्नु रहेको भनेपनि भित्रि कारण भने देशको पछिल्लो राजनीतिक अवस्थाको बारेमा नै उनले चांसो दिएको स्रोतको दावी छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा अमेरिका,भारत, बेलायतलगायतका प्रजातन्त्रिक मुलुकहरुले कुनै प्रतिक्रिया नजनाएको र प्रधानमन्त्री ओलीलाई नै साथ दिएको चर्चा भइरहेका बेला अमेरिकी राजदूतको सक्रियता बढेको हो । नेकपाका अध्यक्ष प्रचण्डले त भारत र अमेरिकाप्रति संकेत गर्दै संविधान मिचिदा र हुंदै नभएको अधिकार प्रयोग गरेर संसद विघठन गरिंदा समेत कोही नबोलेको भन्दै असन्तुष्टि जनाएका थिए ।

सोमबार प्रचण्डसंगको भेटमा उनले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकताहरूबारे छलफल गरेको बताएका थिए । भेटमा प्रचण्ड र राजदूत बेरीबीच नेकपा विभाजनबारे पनि गहन छलफल भएको स्रोतले जानकारी दिएको छ ।

अमेरिकी दूतावासले सोमबार भेटबारे विज्ञप्ती जारी गर्दैै भनेको छ ‘ राष्ट्रपतीय प्रशासन आएपछिको उक्त प्रशासनको विश्वव्यापी प्राथमिकताहरूको बारेमा छलफल गर्न नेपाली सरकारी तथा राजनीतिक नेतृत्वहरूसंगको आफ्नो भेटघाटको क्रममा राजदूत बेरीले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभयो। भेटका क्रममा राजदूत बेरीले लोकतन्त्रहरूको सबलीकरण, जलवायु परिवर्तन तथा महिला अनि बालिकाहरूको अधिकारको प्रवर्द्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका प्रतिवद्धताहरू पुनः दोहोर्याउनुभएको थियो।’

प्रतिक्रिया दिनुहोस
Advertisement