सेनाको विमानबाट अमेरिकी सांसदहरुको टोली काठमाण्डुमा अवतरण


काठमाण्डु- अमेरिकी सांसदहरुको टोली नेपाल पुगेको छ । अमेरिकी सिनेटर किस्टन जिलीब्रान्डको नेतृत्वमा अमेरिकी उच्चस्तरीय संसदीय टोली नेपाल भ्रमणको लागि शुक्रबार अमेरिकी वायु सेवाको जहाजमा काठमाडौं आइपुगेको अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिनिधीमण्डलमा सिनेटरहरू शेल्डन व्हाइटहाउस, कोरी बुकर, मार्क केली र प्रतिनिधी सभा सदस्य मोन्डेयर जोन्स पनि रहेका छन् । सांसदबाहेक उक्त टिममा विदेशमन्त्रालयका कर्मचारीसहित १६ जना  छन् ।

नेपाल–अमेरिका सम्बन्धको ७५ औं वर्ष मनाउने पूर्वसन्ध्यामा अमेरिकाबाट उच्चस्तरीय भ्रमण भएको हो । युक्रेन रसियाबीचको युद्धपछी युक्रेनको पक्षमा माहोल बनाउन अमेरिकी टोली पोल्याण्ड,अरव मुलुकहरु र भारतको भ्रमणमा पुगेको थियो ।

जिलीब्रान्ड नेतृत्वको उच्चस्तरिय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा,परराष्ट्रमन्त्री नारायण खड्कालगायत नेताहरुसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement