अमिताभ बच्चनले २१ सय किसानको ऋण तिरे


एजेन्सी – ऋण चुक्ता गर्न नसकेका कारण हजारौं किसानले आत्महत्या गर्दै आएका छन् । यो आत्महत्यालाई रोक्न बलिउड अभिनेता अमिताभ बच्चनले अति विपन्न किसानको ऋणा चुक्ता गर्दै आएका छन् । अभिनेता अमिताभले अहिलेसम्म २१ सय किसानको ऋण चुक्ता गरिसकेका छन् । उनले यसरी चुक्ता गरेको ऋण प्रतिकिसान हजार होइन लाखौं रुपैयाँ पनि रहेको छ ।

उन्नत खेती गर्न सरकार तथा साहुसँग लिएको ऋण खेती बिग्रिएर तिर्न नकसेपछि सरकारदेखि साहुसम्मले गरिब किसानको जग्गा लिलामीमा लिने गरेका छन् । यसरी आफ्नो जग्गा नै खोसिएपछि बाँच्ने आधार नभएका किसानले आत्महत्या गर्दै आएका छन् ।

त्यस्ता किसानलाई आत्महत्याबाट जोगाउन अमिताभ बच्चनले व्यक्तिगत रूपमै अति विपन्न किसानको ऋण तिरिदिने गरेका छन् । आफ्नो आम्दानीको केही प्रतिशत रकम अति विपन्न किसानको ऋण तिर्नमा आफूले खर्च गर्दै आएको अमिताभ बच्चनले बताएका छन् ।

आफूले अहिलेसम्म २१०० जना अति विपन्न किसानको ऋण तिरिदिएको यी अभिनेताले सामाजिक सञ्जालमार्फत खुलासा गरेका छन् । यो अभियानलाई उनले निरन्तरता दिने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement