निर्देशक बन्दै आमिर खानकी छोरी इरा


एजेन्सी – बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले चाँडै नै डेब्यू गर्ने भएकी छिन् । उनले चाँडै नै यूरिपाइड्स मेडिया नामक नाटकको निर्देशन गर्ने भएकी हुन् । यससँगै उनले थिएटरमा डेब्यू गर्नेछिन् ।

हालै मात्र यस बारेमा उनका बुवा आमिर खानले पनि एउटा अन्तर्वार्ताका क्रममा यो कुराको संकेत गरेका थिए ।

इरा खानका झुकाव निर्देशनतर्फ बढि छ । उनले आफ्नो सामाजिक सञ्जालमा पनि नाटकको रिहर्सलका केही झलकहरु शेयर गरेकी छिन् । अहिले आएर फिल्म समीक्षक तरण आदर्शले पनि यो कुराको पुष्टि गर्दै इरा खान चाँडै नै आफ्नो नाटकको निर्देशन गर्न गइरहेको उल्लेख गरेका छन् ।

यसबारेमा तरण आदर्शले ट्वीट गर्दै लेखेका छन्, ‘थिएटर प्रोडक्सनसँग आमिर खानकी छोरी इरा खान निर्देशक बन्न जाँदैछिन् । उक्त नाटकको नाम यूरिपाइड्स मेडिया हुनेछ । यो भारतका केही सिमित शहरहरुमा मात्र प्रदर्शन हुनेछ । यो नाटकको अभ्यास चाँडै नै प्रारम्भ हुनेछ । यो नाटकको प्रिमियरसँग डिसेम्बर २०१९ मा हुनेछ ।’

इरा खानले नाटकमा डेब्यू गरेपछि निकट भविष्यमै उनी फिल्मकै निर्देशन गर्ने सम्भावना समेत अत्यधिक रहेको बताइन्छ । अहिले यो कुराको अनुमान मात्र लगाइएको हो । आमिर खानले पनि आफ्नी छोरीमा एउटा निर्देशकमा हुनुपर्ने प्रसस्त सम्भावना देखिएको एउटा अन्तर्वार्ताका क्रममा बताएका थिए ।

हालैमात्र इरा खानले सामाजिक सञ्जालमा आफ्ना प्रेमि मिशाल किर्पलानीसँग थुप्रै तस्वीर सार्वजनिक गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement