आमिर खानले गरे श्रीमती किरणसँग सम्बन्धविच्छेद


एजेन्सी – बलिउडका चर्चित अभिनेता आमिर खान र श्रीमती किरण रावबीच सम्बन्धविच्छेद भएको छ । ५६ वर्षका आमिर र ४७ वर्षकी रावले शनिबार एक बयानमार्फत जीवनको नयाँ अध्याय सुरुवात गर्न चाहेको र आफूहरु १५ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्न राजी भएको बताएका छन् ।

उनीहरुले श्रीमान र श्रीमतीको सम्बन्धलाई त्यागेर अब आफ्ना छोराछोरीको सह–अभिभावकको रुपमा र भिन्दै परिवार भएर अगाडि बढ्ने उल्लेख गरेका छन् । सन् २००५ मा विवाह गरेका उनीहरुको १० वर्षका एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement