भारतीय गृहमन्त्रीको घोषणाः नेपालीको सम्मानका लागि भाजपा जोसूकैसँग लड्न सक्छ


काठमाण्डु – भारतीय गृहमन्त्री अमित शाहले नेपालीहरुको प्रशंशा गरेका छन् ।

पश्चिम बंगालमा मंगलबार आयोजित चुनावी सभामा गृहमन्त्री शाहले नेपालबाट भारत आएका नेपालीहरु दाजुभाई भएको बताएका हुन् । नेपाली ढाका टोपीमा सजिएका गृहमन्त्री शाहले गोर्खाली र नेपालीहरुको सम्मानका लागि भारतीय जनता पार्टी जोसूकैसँग लड्न सक्नेसमेत बताए ।

‘गोरर्खालीहरु यहाँका हुन्, नेपालबाट आएका नेपालीहरु पनि मेरा आफ्ना दाजुभाइ हुन् । कसैले डर देखाउँछ भने नडराउनुस्, गोर्खालीहरु र नेपालीहरुको सम्मानका लागि भारतीय जनता पार्टी जोसूकैसँग लड्न सक्छ’, उनले भने ।

नेपालीहरुको बाहुल्यता रहेको दार्जिलिङको मत तान्न गृहमन्त्री शाहले यस्तो आश्वासन दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनले गोर्खालीहरुको समृद्ध इतिहास रहेको बताए । उनले भने, ‘जब देशभक्त समुदायको नाम लिइन्छ, त्यतिबेला गोर्खालीहरुको नाम सबैभन्दा पहिला गर्वले लिने गरिन्छ ।’

गोर्खाली र नेपालीको इतिहास गर्विलो रहेको बताएका उनले पश्चिम बंगालमा भाजपाको सरकार बने गोर्खालीमाथि लगाइएको मुद्दा एक साताभित्र फिर्ता लिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement