अमिताभ बच्चनले किन मागे माफी ?


एजेन्सी । बलिउड सुपरस्टार अमिताभ बच्चन सोशल मीडियामा एकदम सक्रिय रहेका छन् ।

हालसालै उनले आफ्नो ट्वीटर ह्यान्डलमार्फत हात जोडेर माफी माग्दै ट्वीट गरेका छन् । बच्चनको यो ट्वीट सोशल मिडियामा धेरै भाइरल भइरहेको छ । साथै टिप्पणीहरु पनि भइरहेका छन् ।

ट्वीटमार्फत बच्चनले अन्य केही अन्य फोटोहरू पनि शेयर गरेका छन्, जसमा मानिसको भीड बच्चनलाई भेट्नको लागि प्रतिक्षारत छन् ।

उनले फोटो पोस्ट गर्दै लेखेका छन्, ’मैले भेटन सक्दिन भन्दा पनि आइतबार मलाई भेटन आउनुभयो, म माफी चाहन्छु, बाहिर आउन सक्दिन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement