काठमाण्डु – नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने घाेषणा गरेका छन् । समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँदली भएको भन्दै उनले राजीनामा दिने घाेषणा गरेका हुन् ।
उनले सर्लाहीका सबै क्षेत्रमा विधिविपरीत सदस्यता बाँडिएको र अनसनमा बसेका कार्यकर्ताको माग पूरा गराउन पार्टीले कुनै तदारुकता नदेखाएकाले आफुले राजीनामा दिन लागेको बताए ।
सिंहले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष आजै राजीनामा बुझाउने बताए ।
प्रतिक्रिया