अमेरिकामा पाँच सय वर्ष अगाडि थिएन ‘डलर’


एजेन्सी – डलरको जन्म जहा भएको थियो, त्यहाँँका धेरैजसो मानिस यो विषयमा जानकार नै छैनन् । चेक रिपब्लिकको जैखिमोभ शहरमा ५०० वर्ष पहिले अर्थात १५२०मा डलरको जन्म भएको थियो । तर यो मुद्रा हाल यो मुलुकमा मान्य छैन ।

विश्वका ३१ देशले यो मुद्रालाई यात आफ्नो आधिकारिका मुद्रो घोषित गरेका छन् वा आफ्नो मुद्राको नाम बदलेर डलर राखेका छन् ।

अमेरिकी डलर विश्वभरीमा सर्वाधिक प्रयोग हुने मुद्रा हो । जबकी चेक रिपब्लिकको हालको मुद्रा कोरुना हो । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार विश्वमा डलरको ६२ प्रतिशत वित्त संग्रह रहेको छ । यो आंकडा युरो तथा येन जस्ता मुद्राको तुलनामा दुई गुणा हो ।

जैखिमोभ चेक रिपब्लिकको २७०० मानिसको आवादी भएको सहर हो । डलरको जन्म स्थान र ऐतिहासिक महत्वका कारण युनेस्कोले यसलाई विश्व सम्पदा साइट पनि घोषणा गरेको छ ।

नन–प्रफिट डेभलपमेन्ट माउन्टेन रिजनका निर्देशक माइकल अरबन भन्छन्, ‘यो सहरमा कही पनि विज्ञापनको बोर्ड देखिएको छैन । यहाँ बस्ने मानिस यो स्थानलाई सही तरिकाले जानेका पनि छैनन् ।’

सयौं वर्ष पहिले जैखिमोभको पहाडमा स्याल तथा भालु घुमेको देखिन्थ्यो । इतिहासकार जेरोसजेभ आक्हेकका अनुसार यो उक्त समयको कुरा हो जब युरोपमा बहुमूल्य धातुको अत्यन्त कमि थियो । याहाँको कुनै आधिकारिक मुद्रा पनि थिएन ।

उक्त समयमा उत्खननको समयमा ठूलो परिमाणमा चाँदि प्राप्त भएको थियो र बोहेमिया साम्राज्यको शासन थियो ।

बोहेमिया साम्राज्यले १५२० मा ९ जनवरीमा चादीको सिक्का बनाउने आदेश दिएको थियो । सिक्काको एकापट्टि बोहेमिया साम्राज्यको चिन्ह सिंह बनाइएको थियो र अर्कोतर्फ संत जोकिमको तस्बिर थियो ।

मुद्राको नाम सन्त जोकिमको नाममा जोकिम थेरल राखिएको थियो । पछि नाम छोट्याएर थेलर्स राखिएको थियो । सिक्काको निर्माण, गन्ती र राखनधरनको जिम्मेवारी साम्राज्यसँग जोडिएको हिरोनायमस सेचालिकासँग थियो ।

हिरोनायमसले यो मुद्रालाई अन्य देशमा फैलाउने योजना बनाए । सिक्काको वजन २९।२ ग्राम थियो । जसलाई पुरै मध्य युरोपमा फैलाइयो । छिमेकी देशको सामाज्यले पनि यसलाई आफ्नै साथ राखोस भनेर यसो गरिएको हो

अघिल्लो १० वर्षमा १०५० मानिसको आवादी रहेको यो सानो कस्बा युरोपको सबै भन्दा बढी मानिस बस्ने स्थानको रुपमा फेरियो । याहाँ बस्ने मानिसको संख्या १८ हजार पुग्यो ।

१५६६ सम्म यसलाई पुरै युरोपमा स्वीकार गरियो । रोमन साम्राज्यले यसको आकारमा थोरै परिवर्तन गरेर मुद्रा बनायो र रोस्टथेलर्सको नाम दियो । यसबाट प्रेरित भएर अन्य देशले पनि आफ्नै भाषामा आफ्नो मुद्रा बनाए । विस्तार विस्तारै डेनमार्क, नर्वे तथा स्वीडेनलाई डेलर भन्न थाले ।

आइसल्यान्डले यसलाई डेल्यूर नाम दियो । इटालीमा यसलाई टेल्लिरो र पोल्यान्डमा टलर भन्न थालियो । फ्रान्सले यसलाई जोकेन्डेल नाम दियो । थेलर विस्तारै–विस्तारै अफ्रिका पुग्यो । यसलाई इथियोपिया, केन्या तथा तान्जानियाले १९४० मा प्रयोग गर्न थाले ।

प्रतिक्रिया दिनुहोस
Advertisement