सैनिक अनुशासन उल्लंघन गरेको भन्दै उपरथी कार्कीमाथी कार्वाही गर्ने सैनिक मुख्यालयको तयारी


काठमाण्डु – नेपाली सेनाका उपरथी अनन्त कार्कीमाथी कार्वाही हुने भएको छ । दुई सातापछि अवकासमा जान लागेका कार्कीमाथी अनुशासनको कार्वाही हुने भएको हो । पुर्व प्रधानसेनापतिहरुले समेत प्रधानसेनापति प्रभुराम शर्मालाई कार्कीलाई कार्वाही गर्न सुझाव दिएका छन् ।

उपरथीको पदावथि थप नभएको भन्दै रक्षा मन्त्रालय हुंदै प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयमा प्रधानसेनापतिविरुद्ध कार्कीले उजुरी दिएका थिए । यसलाई सेनाभित्र गम्भिर अनुशासन उल्लंघनका रुपमा लिइएको छ ।

कार्कीले त्यतिमात्र होईन मिडियामा गएर उजुरीको पत्र नै सार्वजनिक गरेर जंगि अड्डालाई चुनौति दिएका थिए । उनले राजनीतिक वृतमा पनि म्याद थपको लागी लवि¨ गरेको स्रोतको दावी छ । तर, कार्कीले जति कोशिस गरेपनि अन्तिममा सरकारले सैनिक मुख्यालयको सिफारीसलाई नै सदर गरेको छ ।

सैनिक मुख्यालयले उपरथीहरु सीताराम खड्का र ताराध्वज पाण्डेको मात्र म्याद थपको लागी पत्र पठाएको थियो । उक्त पत्र सदर भइसकेको छ । कार्कीको म्याद थपको पक्षमा प्रधानसेनापति प्रभुराम शर्मा मात्र होईन पीएसओज जर्नेलहरु कोही पनि पक्षमा थिएनन ।

पुर्ववर्ती प्रधानसेनापति पूर्णचन्द्र थापाको पालामा उनले धेरै सैनिक अधिकृतमाथी अन्याय गरेको र आर्थिक हिनामिना समेत गरेको आरोप छ । त्यतिमात्र होईन उनले हालका प्रधासेनापति शर्माविरुद्ध गुप्तचर खटाउने र सेकेण्डम्यानलाई वाइपास गरेर काम गर्ने गरेको सैनिक वृतमा चर्चा छ ।

भक्तपुर घर भएका कार्कीको कार्यशैलीका कारण पनि विवादमा आउने गरेका छन् । भक्तपुर जग्गा काण्डदेखी मुख्यमन्त्री शेरधर राईको अगाडि उपरखुट्टी लगाएको भन्दै विवादमा आएका थिए । युद्धकालमा जुम्लामा हुंदा राती स्याल कराउंदा १८० ८१ मिमि मोटारको राउण्ड अनावश्यक फायर गरेकोदेखी युएनमा हुदा बीचमै उनलाई फकाईएको घटना पनि सेनामा चर्चित छ ।

सेनामा पदावधि थप गर्ने वा नगर्ने अधिकार प्रधानसेनापतिलाई छ । तर, कार्कीले निर्णयअघि नै सार्वजनिक रुपमा सेना र प्रधानसेनापतिलाई चुनौती दिएका छन् । यसलाई सेनाभित्र गम्भिर अनुशासन उल्लंघनको रुपमा लिइएको छ । बहालवाला जर्नेलले पदावधि थप नभएको भन्दै प्रधानसेनापतिलाई चुनौति दिएको यो पहिलो घटना हो । उनको पदावधि थपको लागी एक वर्ष अघि नै तत्कालिन प्रधानसेनापति थापाले पत्र पठाएका थिए । तर, शर्माले पद सम्हाल्ने वित्तिकै उक्त सिफारीस खारेज गरेका थिए ।

कार्कीको म्याद थपको लागी थापाले पनि राजनीतिक वृतमा भेटवार्ता गरेको बताइन्छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेटेर उनले म्याद थप गर्नुपर्ने सुझाव दिएको स्रोतले दावी गरेको छ । थापाले मात्र हैन कार्की स्वंयमले समेत पदावधि थपको लागी राजनीतिक नेतृत्वलाई गुहारेका थिए । उनि देउवा यसअघि प्रधानमन्त्री हुंदाका एडिसी समेत भएकाले राजनीतिक नेतृत्वसंगको उनको पहुंच छ ।

तर, प्रधानमन्त्रीले सैनिक मुख्यालयको सिफारीसलाई नै अन्ततः सदर गरेका छन् । सुरुमा उजुरी परेपछि यसबारेमा मन्त्रिपरिषद बैठकमा समेत छलफल भएको थियो । पदावधि थपको फाइल केही समय रोकिएको समेत थियो । जंग्गी अड्डाले आफ्नो सिफारीसमा पुर्नविचार नहुने स्पष्ट सन्देश दिएपछि अन्ततः उनको पदावधि थप्ने खेल बन्द भएको हो ।

सैनिक मुख्यालयले संगठनको हित विपरीत काम गरेको र सैनिक अनुशासन उल्लंघन गरेको आरोपमा कार्वाही गर्ने तयारी गरेको छ ।

‘संगठनलाई नै चुनौति दिने चेन अफ कमाण्ड उल्लंघन गर्ने जर्नेललाई कार्वाही गर्ने तयारी छ । त्यसको लागी प्रक्रिया अघि बढिसकेको छ ।’ सैनिक स्रोतले काठमाण्डुपाटीसंग भन्यो ।

कार्कीको पदावधी थप भएको भए उनि तिन तारे जर्नेल समेत बन्ने सम्भावना भएका अधिकृत हुन । तर, पदावधि थप नभएसंगै उनि यही माघ २३ मा अवकासमा जानेछन । सैनिक रेकर्डअनुसार उनको जन्ममिति २०२३ असार १५ गते रहेको छ भने सेनामा २०४३ फागुन ३ गते सैनिक क्याडेटका रुपमा कार्की भर्ना भएका छन् ।

सेनाका हालका रथी बालकृष्ण कार्कीले २०७९ असोजमा अवकास पाएपछि कार्कीको तीन तारे जर्नेलमा बढुवा हुने सम्भावना थियो । तर, अव उपरथी सिताराम खड्का तिन तारे जर्नेल बन्ने लाइनमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement