म एकता विरोधी भैदिएको भए त्यही भाँडदिन सक्थें होला : वर्षमान पुन‘अनन्त’


एक युवा नेताका हैसियतमा भर्खरै दुई कम्युनिष्ट पार्टीबीच भएको ऐतिहासिक एकतालाई कुन रुपमा लिनुभएको छ ?
– नेपाली कम्युनिष्ट आन्दोलनको ७० वर्षको इतिहासमा कमरेड पुष्पलालको नेतृत्वमा नेपालमा जनवादी क्रान्ति गर्ने गरी त्यो लक्ष्यका साथ कम्युनिष्ट पार्टी स्थापना गर्नुभयो । त्यो राजनीतिक क्रान्तिको चरण पुरा भयो । अब हामी समाजवादी क्रान्तीको चरणमा प्रवेश गरेका छौं । र, ७० वर्षको इतिहासमा नयाँ चरणको क्रान्तिका लागि ५० औं वर्ष देखि अलग अलग रहेका पार्टीहरु एक भए । यो ऐतिहासिक आवश्यकता थियो । यसका लागि कमरेड केपी ओली र कमरेड प्रचण्ड लगायतका शिर्ष नेतृत्वले इतिहास बदल्ने आँट गर्नुभयो । यो सबैभन्दा ठुलो निर्णय हो । यो नेपालको इतिहास र विश्व कम्युनिष्ट आन्दोलनमा पनि धेरै पछिसम्म अध्ययन गर्ने दुरगामी महत्वको परिघटना भएको छ ।

संयुक्त चुनावी घोषणपत्र अनुसार समृद्ध र सुखी नेपाल निर्माणका लागि मन्त्रालयमा रहेर के के काम गर्दै हुनुहुन्छ ?
-एकता अघि गठवन्धन गरे हामी दुइवटै पाटी एउटै घोषणा पत्र लिएर चुनावमा गयौं । त्यसले जनतामा विश्वास पैदा भयो र जनमत प्राप्त गरेका छौं । र हामीले शुसाशन कायम गछौं, प्रशासनमा भएका वेथिति, अराजकता, घूसखोरी भ्रष्ट्राचार, सिन्डीकेट, कार्टेलिङ जस्ता कुराहरुलाई अन्त्य गर्दै शुसाशन कायम गर्छौ, जसको जगमा विकास गर्छौ, विकासबाट आम नेपाली जनताको समृद्धि हासिल गर्छौ । र, नेपाली जनतालाई सुखी बनाउँछौं भनेका छौं । र, यो अहिलेको हाम्रो दायित्व हो । वर्तमान सरकारले यो कामको लागि प्रयत्न गर्छ ।

अहिलेको नेतृत्वले यसमा अवरदारी गर्छ । पाँच वर्षमा आजको आयस्तरलाई हामी दोब्बर बनाउँछौं । कृषि उत्पादन पनि दोव्वर बनाउँछौं । जलश्रोत क्षेत्रमा हामी ५ हजार मेगावाट थप उत्पादन पु¥याउँर्छौ भनेका छौं, त्यो लक्ष्य हामी पुरा गर्छौ । आर्थिक क्षेत्रमा, सामाजिक रुपान्तरणको क्षेत्रमा र पुर्वाधार निर्माणको क्षेत्रमा हामी त्यो उपलव्धी हासिल गर्छौ । लक्ष्य हासील गर्छौ । यो हाम्रो प्रतिवद्धता र आत्मविश्वास हो ।

जलश्रोत र उर्जा क्षेत्रमा आत्मनिर्भर हुँदै झोलामा खोला ओगट्ने र उर्जा माफियाहरुको अनावश्यक स्वार्थ र चलखेल रोक्ने सवालमा चाँही के योजना छ ?
-यसभन्दा अगाडिको सरकारले सर्वसाधारण जनताले प्रयोग गर्ने विद्युतमा लोडसेडीङ मुक्त गरेको थियो । करिव ४ घण्टाको औद्योगिक क्षेत्रको लोडसेडिङको अवस्था थियो । वर्तमान सरकार आइसकेपछि र म यो मन्त्रालयमा आइसकेपछि वैशाख मसान्तभित्र हटाउने गरी कार्ययोजना बनाएर काम सुरु गरेको थिँए, त्यो लक्ष्य पुरा भएको छ । अब मुलुक लोडसेडिङमुक्त भएको छ औद्योगिक क्षेत्र समेत । अब लोडसेडिङ नेपालमा इतिहास मात्र भएको छ ।

यस क्रममा अहिले हामी आधा जसो अर्थात साढे चारसय देखि ५ सय मेगावाट हिँउदमा हाम्रो आफ्नै उत्पादन छ भने त्यती नै मात्रामा हामीले भारतबाट आयात गरिरहेका छौं । यसरी हामीले अहिलेको माग पुरा गरिरहेका छौं । आगामी २ देखि ३ वर्षभित्र हामीले विना आयात हिँउदमा पनि हामी विद्युतमा आत्मनिर्भर हुन्छौं । आगामी वर्षदेखि हामी पाइपलाइनमा भएका आयोजनाहरुलाई तदारुकता गछौं । र हामी जसरी पनि ल्याउने व्यवस्था गछौं । जसबाट वर्खामा आत्मनिर्भर भइसक्छौं र केही विद्युुत हामी विक्री पनि गछौं । यसरी विद्युतीय उर्जा क्षेत्रमा हामी आत्मनिर्भर हुन्छौं ।

झोलामा खोला ओगट्नेहरुलाई नी ?
-यो क्षेत्रमा अहिले झोलामा खोला राख्ने प्रवृति छ । लाइसेन्स लिन्छ, बोकेर हिड्छ, विक्री गर्दै हिँड्छ, काम गर्दैन । यस्ता प्रकारका विचौलियाहरुको बिगबिगी छ । यसैले हामीले सर्वेक्ष्ण लाइसेन्स लिएको छ, तालिका अनुसार काम गरेको छैन, हामी खारेज गरिदिन्छौं । उत्पादन लाइसेन्स लिएको छ, काम तालिका अनुसार गरेको छैन भने हामी खारेज गरिदिन्छौं । पिपिए अर्थात विद्युत खरिद सम्झौता गरेको छ, त्यो अनुसार उत्पादनमा गएको छैन भने हामी त्यस्तोमा पनि खारेज गरिदिन्छौं । र, वास्तविक लगानीकर्ता र वास्तविक आयोजना गर्नेहरुलाई हामी लाइसेन्स र अवसर दिन्छौं ।

चुहावट नियन्त्रण कसरी गर्दै हुनुहुन्छ ?
-अहिले पनि विद्युतमा चुहावट छ । कतिपय प्राविधीक चुहावट छ भने कतिपय स्थानमा मिलेमतोमा पनि चुहावट छ । हुकिङ गरेर विद्युत चोरी गर्ने लगायतका समस्या नभएको होइन । त्यसलाई हामीले २६ प्रतिशतबाट २० प्रतिशतमा ल्याएका छौं । अब हामी २० बाट १५ प्रतिशतमा यसको चुहावटलाई ल्याँउछौं । हरेक क्षेत्रमा देखिएको चुहावट नियन्त्रण गर्ने गरी हामी एउटा प्रभावकारी कार्ययोजना ल्याँउदैछौं ।

ठुला आयोजनाहरुको विकास गर्ने योजना कसरी पुरा गर्दै हुनुहुन्छ ?
-आफुखुसी आयोजनाहरु विकास गर्नेहरुलाई नदी वेसनमा दिएर कति आयोजनाहरु क्यासकेट पनि हुन सक्छन् । अर्थात माथिल्ला आयोजना बनिसकेपछि तल्ला आयोजना विना ड्याम पनि क्यासकेटको रुपमा कम खर्चमा आकर्षक ढंगले बन्न सक्छ । त्यसैले हामी नदी जलाधार क्षेत्रलाई नै योजनावद्ध विकास गर्न लागिरहेका छौं । यो क्रममा हामी निजी क्षेत्रलाई पनि र सरकारी क्षेत्रलाई पनि प्रोत्साहीत गर्ने गरी हामी काम गर्दैछौं । अहिले आयोजना आउने तर ट्रान्समीसन लाइन नबन्ने चिन्ताहरु छन्, त्यसलाई हामी हल गर्छौ । स्थानीय जनताको अवरोधलाई हामी ट्रान्समीसन लाइन जहाँबाट जान्छ त्यो लाइन मुनीको जग्गा लिजमा लिने, नियमित भाडाको व्यवस्था गर्छौ ।

त्यसैगरी ट्रान्समीसन लाइन प्रभावित जग्गावाललाई हामी उपयुक्त विद्युत आयोजनामा लगानीको अवसर दिन्छौं । त्यसो गर्न यो क्षेत्रमा जनताको सहभागिता र सहजिकरण गर्ने सोच बनाएका छौं । त्यसैगरी निजी क्षेत्र वा विभिन्न उत्पादकहरुले भोगीरहेका समस्याहरुलाई हामी अन्तक्रिया गरेर सहजिकरण गर्ने तर आयोजनाहरु छिटो ल्याउने गरी हामी व्यवस्था गर्छौ । तर ठुला आयोजनाहरुको हकमा बहुउद्धेश्यीय आयोजनाहरु, रिजर्भभायरको हकमा विदेशी लगानीकर्ता भित्र्याउने वा सरकार आफैंले बनाउँदा विदेशी श्रृण र सहायता जुटाउनेमा हाम्रो प्राथमिकता रहेको छ ।

सरकारले सय दिन पुरा गरिसक्दा पनि सिन्डीकेट हटाउने बाहेक अरु केही काम भएन भन्ने जनताको गुनासो छ नी ?
-मेरो आफ्नो त जम्मा २ महिना नाघेको मात्र छ । प्रधानमन्त्रीज्युले सपथ ग्रहण गर्नुभएको मात्र सय दिन पुरा भएको हो । यस बीचमा सिन्डीकेट अन्त्य गर्ने, अरु क्षेत्रका कार्टैलिङ, सिन्डीकेट र बिचैलीया प्रवृतीलाई अन्त्य गर्नेगरी सरकारले काम गरिरहेको छ । यो मन्त्रालयको हकमा पनि समग्र अवस्था बुझेर श्वेतपत्र जारी गरीसकेका छौं । यो क्षेत्रमा आगामी पाँच वर्ष वा १० वर्षका लागि हामीले कसरी काम गर्छौ भनेर नीतिगत रुपमा हामीले दिशा निर्देश गरेका छौं ।

साथै हामीले चार घण्टासम्मको औद्योगिक क्षेत्रको लोडसेडीङलाई लोड म्यानेज गरेका छौं । केही नया आयोजना आएर, केही नयाँ खरिद गरेर, केही आयोजनामा सुधार गरेर, केही चुहावट नियन्त्रण गरेर हामी त्यो अवस्थामा आइपुग्न सफल भएका हौं । यो प्रगती नै हो । त्यसैगरी यहीबीचमा हामी करिव १७ सय मेगावाट बराबरको उत्पादन लाइसेन्स दिएका छौं । त्यही हाराहारीमा पिपिए भएको छ । लगभग त्यही हाराहारीको नयाँ सर्वे लाइसेन्स पनि जारी गरेका छौं । हामी छिटोभन्दा छिटो अर्थात यो २ महिना भित्रमै काम कसरी हुन्छ भनेर योजनावद्ध ढंगले लागेका छौं । त्यसैगरी मेरो आफ्नो मन्त्रालय सिँचाई पनि हो । वैकल्पिक उर्जा पनि हो । त्यो क्षेत्रमा पनि यो मन्त्रालयको कामहरु छ ।

भेरीबबई डाइभर्सनको कुरा गर्नुहुन्छ भने टनेल बोरीङ मेसीनबाट १३ किलोमिटरको सुरुङ झण्डै आधा खनीसकेको छ । त्यो रफ्तारमा कामहरु भइरहेको छ । अरु सिञ्चाई क्षेत्रका आयोजनाहरु पनि समयमै काम गर्नेगरी कामहरु भइरहेका छन् । अरु कामहरु पनि आफ्नै गतीमा भइरहेका छन् । तत्कालै परिणममा बताउने गरी काम नभएको देखिएपनि छिट्टै परिणामहरु आउनेछ ।

हामीले आयोजनाहरु समयमै सम्पन्न गर्नेगरी अनुगमन गर्ने र सरकारको लगानी रहेका वा अन्य निजी कम्पनीहरुले निर्माण गरिरहेको विद्युत आयोजनाहरु समयमै सम्पन्न गर्न नियमित अनुगमन, नियमित निर्देशन दिइरहेका छौं । आगामी ३ वर्षमा ३ हजार मेगावाट आयोजना आउने तयारी अवस्थामा रहेका छन् । आगामी पाँच बर्षमा पाँच हजार मेगावाट आउने ग्यारेन्टीका साथ हामीले श्वेतपत्रमा तालिका नै दिएका छौं ।

आयोजनाहरु समयमै सम्पन्न हुनु पनि शासकीय सुधारको कुरा हो । त्यसैगरी २५ मेगावाटको एक वर्षभित्रै आउनेगरी सोलार प्लान्ट सुरु गरिसकेका छौं । छिट्टै अर्को २५ मेगावाटको सोलार प्लान्ट सुरु गर्दैछौं । त्यसैगरी वैदेशिक लगानीको कुरामा पनि केही कम्पनीहरु सोलारको क्षेत्रमा, जलविद्युतको क्षेत्रमा, ट्रान्समिशनको क्षेत्रमा लगानी गर्नेगरी आएका छन् । त्यसलाई हामी सहजीकरण गरिरहेका छौं । त्यसैले कामहरु उत्साहजनक ढंगले गरिरहेका छौं ।

अहिले सरकारका मन्त्रीहरु कामभन्दा पनि हल्लाखल्ला बढी गर्ने र मिडीया सेलीब्रेटी बन्ने होडमा मात्र लागेका छन् भन्ने गुनासो छ नी ?
-सुरुका दिनमा स्वभाविक रुपमा मन्त्रीले आफ्नो प्राथमिकता बताउने नै हो । आफ्नो भिजन दिने कुरा हो । कार्ययोजना बनाउने हो । पाँच वर्षको सरकारले सुरुकै दिन त केवल आफ्ना प्राथमिकताहरु निश्चीत गर्ने मात्र न हो । पुर्न प्राथमिकीकरण गर्ने हो । नीतिहरु निर्माण गर्ने हो । आफ्ना दृष्टिकोणहरु बताउने हो । त्यसैले अलिकति प्रचार त गर्नैप¥यो । पहिलो चरणमा जहाँपनि प्रचारात्मक काम नै हुन्छ । दोस्रो चरणमा त्यो अनुसारको फिडव्याक बुझेर सुधार र एक्सनहरुमा जानुपर्छ ।

त्यसैले त्यो अन्यथा होइन । फेरी अर्को ढंगले हेर्दा नयाँ मन्त्री आएपछि स्वभाविक ढंगले मिडीयाको चासो हुन्छ । सबै पछि लाग्छ । सबैले कुरा जान्न खोज्छ । र, यसलाइृ अन्यथा मान्नु पनि हुँदैन । अर्कोतिर परिणाम त सय दिनमा के नै हुन्छ र ? सय दिनमा नीति बनाउँछ, त्यहाँका संरचना बुझ्छ, संरचना बनाउँछ अनि सय दिन पछि मात्र काम सुरु गर्छ भन्ने हो । यसैले त हनिमुन पिरियड भनेको । सय दिनमा खासमा एक्सन होइन तयारीको अवधी हो । त्यसैले तयारीको समयमा रिजल्ट खोजिँदैन ।

संसदीय व्यवस्थामा विपक्षीले पनि तयारीकै लागि सय दिनसम्म छुट दिन्छ । सय दिनमा के गरिस् भनेर सोध्न पनि नैतिक रुपले मिल्दैन । एक सय एक दिनदेखि मात्र रिजल्ट खोज्न सुरु गर्ने हो । हामी सय दिनपछि होइन भएको भोलीपल्टै देखि रिजल्ट खोज्न सुरु गछौं तैपनि अहिलेको सरकारले छिमेकसंगको सम्वन्धको कुरा, वैदेशिक लगानी जुटाउने कुरा, वैदेशिक लगानी र आन्तरिक लगानीका लागि लगानीमैत्री वातावरण बनाउने कुरा होस, त्यस्तै उल्लेख्य केही शासकीय सुधारका कुरा होस्, यि तमाम कामहरु सुरु गरेको छ । यो सकारात्मक रुपले र उत्साहजनक ढंगले नै अगाडी बढेको हामीले पाएका छौं ।

एमाले र माओवादी ठ्याक्कै दुइ ध्रुवमा विभाजित पार्टी कसरी अप्रत्यासीत ढंगले एकता संभव हुन गयो ?
-दुइजना अध्यक्ष कमरेड केपी ओली र कमरेड प्रचण्डको स्वभाव अलि विपरीत खालको छ, सोच्ने तरिका अलि विपरीत खालको छ भन्ने गरिन्थ्योे विगतमा । तर तथ्यहरुले के पुष्टी ग¥यो भने सोचहरु एउटै दिशातिर रहेछन् । एउटा बैठकको क्रममा कमरेड केपी ओलीले के भन्नुभयो भने हामी एकै दिशातिर दगुरीराखेका थियौं, क्रान्ति, परिवर्तन, जनताको सेवा, देशको सेवा भनेर ।

दर्गुदा दगुर्दा कहिलेकाँही नजिक भइयो टच हुँदा ठुलो घर्षण पैदा भयो । दुइवटा वस्तुहरु तिव्र गतिमा हिँडीराखेको बेला टच गर्दा झिल्का निस्कीएजस्तै हिजो माओवादी र एमालेका बीचमा एकैदिशातिर दगुरीराख्दा कहिलेकाँही यस्सो जुझ्न जाँदा झिल्का निस्कीएको हो भन्नुहुन्थ्यो । त्यसै भएको भनेर तथ्यहरुले पुष्टी गरेका छन् । प्रचण्ड र केपी ओलीले सोच्ने तरीकाका साथै हिँड्ने बाटो एउटै रहेछ, त्यसैले त सोचहरु मिल्दै आयो । अनि एकतासम्म आयो ।

तर राजनीतिक बजारमा नीति र सिद्धान्तको मन्थन नभई प्राविधीक रुपमा भएको एकता भएकाले यो लामो टिक्दैन भन्ने आशंका छ नी ?
-यो टिक्छ भन्ने तथ्यहरुले देखाएको छ । किनभने हामीले पहिले जनताको तहबाट एकता सुरु ग¥यौं । निर्वाचनमा जाने एजेण्डाहरु तय ग¥यौं । त्यो एजेण्डामा जनतालाई अपिल ग¥यौं । जनतालाई हामीले भन्यौ की भोली हामी एकता पनि गछौं । जनताले त्यो हाम्रो सोचलाई झण्डै दुइतिहाई जनताले एकदम ठिक छ भनेर संगै जान दिशावोध गरे । जनताको त्यो जनमतपछि नेताकार्यकर्ता संगै पहिले सहकार्यबाट परिक्षण गरेर त्यसलाई वैचारिक कसीमा जाँचेर संगठनात्मक एकता र नेतृत्वको व्यवस्थापन गरिएको हो । त्यसैले यो दिगो हुन्छ ।

कहिलेकाही नेताहरु मिलाउने, विचार मिल्ने तर कार्यकर्ता र जनता नमिल्ने हुन्छ । त्यो व्यवहारिक पनि हुँदैन । तर यहाँ जनताकै तहबाट अन्तरक्रिया गर्दै, कार्यकर्ताहरु संगै एउटै मोर्चामा खट्दै जनताले समेत अनुमोदन गरेर एकता भएको हो । त्यसैले यो ६–७ महिनाको सहकार्य र अन्तरक्रियाबाट र लाखौं लाख जनताको सहभागिता र अनुमोदनबाट भएको हुनाले यो एकता दिगो हुन्छ भन्ने घटनाक्रमहरुले देखाएको छ । बरु दुइजना या चारजना नेता बसेर गरेको भए त्यो समझौता जस्तो हुन्थ्यो होला । लेनदेन जस्तो हुन्थ्यो होला । यो त जनतामा गएर परिक्षण गरेर गरिएको एकता हो नी त ।

यो समग्र एकता प्रक्रियामा पनि तपाँइलाई एकताविरोधीका रुपमा चित्रित गरियो, यसमा के भन्नुहुन्छ ?
-हो, स्वभाविक हो । राजनीतिमा यस्ता आरोप सामान्य हुन् । पार्टीभित्र पनि छलफल हुन्छ । बहश हुन्छ । कामहरुका जस कसले लिने भन्ने मान्छेका स्वभाविक मानवीय स्वभाव हुन्छन् । म के हुने भन्ने त मेरो संगत कोसंग छ भन्ने कुराले निर्धारण गरिहाल्छ नी । लेनीनले एउटा सन्दर्भमा मान्छे के हो भनेर तर्क गर्ने होइन, कोसंग संगत गरेको छ, उसको संगतबाट उ के हो थाहा हुन्छ भन्नुभएको छ । नेताहरुले निर्वाचनको बेला मलाई निर्वाचन क्षेत्र बाँडफाटको काम दिनुभयो । हामीले स्मुथ्ली मुख्य नेताहरु कहाँ पनि विवाद नपुग्ने गरी लगभग ९९ प्रतिशत निर्विवाद ढंगले हल ग¥यौ । म एकता विरोधी भैदिएको भए त्यही भाँडदिन सक्थें होला ।

त्यसपछि बेदुराम भुषालजी र म मिलेर विधान लेखनको काम ग¥यौ. । हामीले गरेका ड्राफ्ट नै कार्यदलमा पास भयो । त्यही नै शिर्ष तहमा पास भयो । भन्दा त एकता नचाहने मान्छेले विधान सर्वसम्मत पास हुने, एकता नचाहने मान्छेले बनाएको निर्वाचन क्षेत्र वाँडफाँटमा सबै जितिने अनि म चाँही एकता विरोधीका रुपमा चित्रित हुनुपर्ने ? त्यसैले यो कुरालाई मैले अन्यथा रुपमा लिँदिन । काम गर्ने मान्छेहरुको बारेमा टिप्पणी उठ्छन् । मान्छेका कमी पनि हुनछन् । मान्छेलाई कमी सहितका र समस्या सहितका रुपमा बुझ्नुपर्ने हुन्छ । त्यस अर्थमा पार्टीभित्र सहज रुपमा गरेका कामहरु जस लिने होडहरु हुन्छन् । त्यसकारण त्यो आरोपलाई मैले अन्यथा रुपले लिएको छैन ।

अहिले प्रधानमन्त्रीसंग मतभेद भएर बर्खास्तीको तयारी हुँदैछ भन्ने हल्ला छ नी ?
यि सबै अनैतिक र सोह्रै आना कपोलकल्पित कुरा हुन् । म यो जिम्मेवारीमा आँउदा मरिहत्ते गरेर मलाई यही चाहिन्छ भनेर आएको पनि होइन । मैले त हिजो अर्थ मन्त्रालय सम्मको जिम्मेवारी लिइसकेको हो । लिडरहरुले भनेपछि अहिलेको परिस्थितीमा पार्टी लिडरशीप र सरकारको डिलडरशीपलाई सघाउछु भनेर आएको हो । यसो हुँदा यसमा दुइजना अध्यक्षले काही समस्या देखाएको या प्रधानमन्त्रीले समस्या देखाएको अहिलेसम्म मलाई जानकारी छैन । तर नचाहिने र अनर्गल प्रचार गर्ने गरिएको छ । चरित्र हत्या गर्ने गरिएको छ । यो सोह्रै आना झुट कुरा हो ।
बुधवार साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
Advertisement