एन्फा कप फुटबल प्रतियोगिता स्थगित

एन्फा कप फुटबल प्रतियोगिता स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ।

एन्फाले ए डिभिजनका क्लब सहभागी हुने गरी वैशाख २० गतेदेखि प्रतियोगिता आयोजना गर्न चैत २५ गते नै निर्णय गरेको थियो ।

एएफसी क्लब च्याम्पियनशिप प्रतियोगितामा टिम पठाउने लक्ष्यसहित प्रतियोगिता गर्ने निर्णय गरेको एन्फाले जनाएको थियो । तर १४ वटा ए डिभिजन क्लबमध्ये चार टिमले मात्र नाम दर्ता गराएपछि प्रतियोगिता आयोजना गर्न नसकिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

टिम दर्ता गर्ने समय बुधवारसम्म तीन विभागीय टोली त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब र एपीएफ क्लबसहित सङ्कटा क्लबले मात्र नाम दर्ता गराएका थिए ।

लिगकम नकआउट प्रतियोगिता नहुने भएपछि अब एएफसी क्लब च्याम्पियनशिपमा नेपाली क्लबको सहभागिता पनि नहुने भएको छ ।