एन्फा महिला लिग फुटबलको उपाधि भिडन्त आज

एन्फा महिला लिग फुटबलको उपाधि भिडन्त आज


काठमाण्डु- एन्फा महिला लिगको उपाधि बुधबार हुँदैछ । उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दैछन् । फाइनल खेल दिउँसो २ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुँदैछ ।

एपीएफ पहिलो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै र पुलिसले दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा २–१ ले हराउँदै फाइनलमा पुगेको हो ।

महिला लिगमा शुरूमा १० टोलीले प्रतिस्पर्धा गरेका थिए । सिङ्गल राउण्डपछि शीर्ष पाँच टोली सुपर लिगमा प्रवेश गरेका थिए ।

त्यसमा एपीएफ अपराजित रहेर शीर्ष स्थानमा रहँदा आर्मी दोस्रो, पुलिस तेस्रो र बाग्मती युथ क्लब चौथो भएको थियो । पाँचौँ भएको वालिङ नगरपालिका सुपर लिगबाट बाहिरिएपछि शीर्ष चार टोली प्लेअफ पुगेका थिए ।