एन्फाको निर्वाचन नगर्न उच्च अदालतले दियो आदेश


काठमाडौं- चैत्र १४ गते हुने भनिएको अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन नगर्न ललितपुर उच्च अदालतले निर्देशन दिएको छ ।ललितपुर उच्च अदालतका न्यायधीस राजकुमार वनको एकल इजलासले सो निर्णय गरेको हो ।

भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले आफूहरुलाई समावेश नगरि एकलौटी रुपमा निर्वाचन गर्न लागिएको भन्दै जिल्ला अदालतमा उजुरी दिएको थियो ।

आदेशमा उनिहरुलाई समावेश नगरी निर्वाचन गर्न नमिल्ने बताउँदै अदालतले अर्को आदेश नआउँदासम्म निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement