हलिउड अभिनेत्री एन्जेलिना जोलीको अमेरिकाको राष्ट्रपति वन्ने चर्चा


एजेन्सी– हलिउड अभिनेत्री एन्जेलिना जोली अमेरिकाको राष्ट्रपतिको उम्मेदवार वन्ने चर्चाले संसार तातेको छ । बीबीसी टुडेसंग जोलीले अमेरिकी राजनीतिमा प्रवेश गर्न सक्ने बताएकी छन् र

बीबीसी टुडेसंग अन्तर्वार्ता दिंदै उनले भनिन् ‘२० वर्षअघि राजनीतिमा प्रवेश गर्ने कुरालाई अस्वीकार गरेको भए पनि अहिले आवश्यक पर्ने जुनसुकै क्षेत्रमा पनि प्रवेश गर्न म तयार छु । ’

संयुक्त राष्ट्र संघ शरणार्थी आयोगकी सद्भावना दूतसमेत रहेकी जोली शरणार्थी, यौन हिंसा तथा प्रकृति संरक्षणका मुद्धामा सक्रिय प्रचारकका रुपमा काम गर्दैै आएकी छिन् ।

उनलाई अमेरिकी राष्ट्रपति पदका लागि पनि चुनाव लड्न चाहनुहुन्छ भनेर प्रश्न सोधिएको थियो । उनको जवाफ यस्तो थियो, ‘यदि तपाईले मलाई यो प्रश्न २० वर्षअघि सोधेको भए मलाई हँंसो उठ्थ्यो । मैले सधै भन्ने गरेकी छु, जहां मेरो आवश्यक हुन्छ, त्यही जान्छु । यदि म राजनीतिमा फिट हुन्छु भने अवश्य जान्छु ।’ जोलीले आफु सरकार र सेनासंग काम गर्न पनि सक्षम भएको बताईन ।

उनले यसभन्दा बढी आफु नबोल्ने बताईन ।

प्रतिक्रिया दिनुहोस
Advertisement