के तपाइलाई धेरै रिस उठ्छ ? खतरा हुनसक्छ , यसरी नियन्त्रण गर्नुहोस्


काठमाडौं – के तपाईलाई रिस उठ्छ ? पक्कै पनि उठ्छ होला : संसारमा सायदै कोहि होला जसलाई रिस नउठोस् रिस भनेको मानिसमा सामान्य रूपमा हुने उद्वेग हो। यसले अरुलाई भन्दा पनि बढी आफैलाई हानी पुर्याउने गर्दछ यसलाई नियन्त्रण गरिएन भने यसले अरूलाई होइन, आफैंलाई हानि र्पुयाउन सक्छ।

के तपाइलाई थाहा छ रिसले उद्वेलित हुने वा एकदम झडंग रिसाउने जस्तो जुनसुकै व्यवहार पनि हाम्रो हृदयरोग र रक्तसञ्चार प्रणालीका निम्ति खतरनाक हुन्छ भन्ने ? हो अनुसन्धानकर्ताहरुका अनुसार रिसको हृदयाघात र पक्षाघातसँग परस्पर सम्बन्ध रहेको छ । रिस कसलाई पो उठ्दैन र ? तर त्यो कति बेर रहन्छ वा त्यसको परिणाम कस्तो हुन्छ भन्ने झन् संवेदनशील हो । धेरै थोरै रिस सबैमा हुन्छ । रिसले शारिरीक, मानसिक, भावनात्मक तथा स्वास्थ्यमा समेत नराम्रोसँग प्रभाव पार्छ । बारम्बार रिसाउँदा नजिकको वा माया गर्ने मान्छेसँगको सम्बन्धमा पनि प्रत्यक्ष असर पर्छ ।

एरोविक व्यायाम छिटो र लामो समय रिसाउने बानी छ भने एरोविक कक्षा लिँदा बानी सुधार गर्न सहयोग मिल्छ । एरोविक व्यायामले सेरोटोनिन (खुसी बनाउने हर्मन) उत्पादन गर्न सहयोग गर्ने भएकोले मानिस खुसी तथा प्रफुल्लित हुन्छ । यस्तो कक्षा जुन सुकै उमेर समूहका मानिसले लिन सक्छन् ।

संगीतको तुलनामा शास्त्रीय संगीतले मानिसमा एकचित्त बनाउने र खुसी प्रदान गर्ने विभिन्न अध्यनले देखाएका छन् । युनिर्भ्सिटी अफ साउद अलाबामाका मनोवैज्ञानिकहरुले कलेजका ५६ जना विद्यार्थीलाई विभिन्न विधाका संगीत सुनाएका थिए । कुनै विषयमा चोट दिएपछि सहभागी विद्यार्थीलाई संगीत सुन्न लगाएका थिए । ती मध्ये शास्त्रीय संगीत सुन्ने विद्यार्थीको चिन्ता, रिस र त्रास अन्यको भन्दा तुलनात्मक रुपमा न्यून थियो ।

अभिलेख राख्ने, डायरी लेख्ने रिस पोख्ने सबैभन्दा सुरक्षित तरिका हो डायरी लेख्ने । तपाईलाई के विषयले आक्रोशित पुयाएको छ, त्यसलाई डायरीमा टिपोट गर्नुहोस । तपाईको आफ्नो सोच र भावनालाई अभिलेख राख्नकै लागि एउटा डायरी बनाउन सक्नुहुन्छ । यसले तपाई आक्रोशित वा उत्तेजित हुनुको कारण बुझ्न सहयोग पुयाउनुका साथै नकरात्मक आवेगलाई समाधान गर्छ ।

गहिरो श्वास लिने याद गर्नु भएको छ ? तपाई रिसाएको बेलामा चाँडो चाँडो श्वास लिइरहनुहुन्छ । तर रिस वा आवेग आउने वित्तिकै झट्ट गहिरो श्वास लिनुहोस । नाकबाट श्वास लिने र करिब ५ सेकेण्ड रोकेर मुखबाट फाल्ने गर्नुहोस । तत्कालै तपाईले शान्त महशुस गर्नु हुन्छ ।

फटाफट हिड्ने जब बहस गरम हुन्छ र आवेग उत्कर्षमा पुग्न थाल्छ त्यस्तो अवस्थामा तत्काल केही समय हिड्नुहोस । यसरीे हिड्दा प्रयाप्त अक्सिजन मिल्नुका साथै बिस्तारै दिमाग शान्त हुन्छ ।

कागतीको तेल कागतीको तेलको नस लिदाँ सकरात्मक सोचको विकास हुने र मानिसलाई खुसी र शान्त बनाउने वैज्ञानिकहरुले प्रमाणसहित पत्ता लगाएका छन् । कागतीको तेलबाट मानिसलाई शान्त बनाउने एक प्रकारको तत्व पाइने वैज्ञानिक बुझाई छ । कागतीको तेल सुग्दा न्युरोट्रान्समिटर नोरिपिनेफ्राइनले दिमागमा अक्सिजनको मात्रा बढी प्रबाह गराइदिन्छ । यस पक्रियाले तपाईले स्पष्ट र चाँडो सोच्न सक्ने क्षमातामा बृद्धि गराउछ ।

रिसका किसिमहरु

(१) कडा रिस : यस्तो रिस धेरै लामो समयदेखि हुन्छ र आफ्नो जीन्दगीदेखि नै रिस उठेको हुन्छ र अरु सबै प्रति पनि रिस उठिरहन्छ ।

(२) आबेस : अचानक, एक्कासी रिस उठ्छ, तथा नाम गाली गर्ने र कुटपिट गर्ने समेत हुनसक्छ र छिट्टै रिस सेलाउँछ ।

(३) प्यासिभ रिस : रिस उठेको हुन्छ तर, देखाउने तरिका भिन्दै हुन्छ । घुमाउरो पाराले, अरूलाई भनेको जस्तो गरेर वा वोल्दै नवोली आफ्नो रिस पोख्ने गर्छन ।

(४) आफैमा पोख्ने रिस : रिस अरूसँग उठेको हुन्छ तर उनीहरुले आफैलाई चोट पु¥याउने, दुःख दिने जस्ता व्यवहार देखाउछन् । जस्तै     शरीरका विभिन्न अंगमा घाँउ बनाउने, खाना खान नमान्ने वा लागु पदार्थ वा रक्सीको सेवन अत्याधिक गर्ने ।

(५) सकारात्मक रिस : रिस अत्यन्त शक्तिशाली इनर्जी हो र यो उठी सकेपछि कुनै न कुनै रुपमा खर्च हुनै पर्छ । कसै कसैले यो रिसलाई राम्रो काममा लगाउन सक्छन् । जस्तै रातदिन खटेर सामाजिक सेवा गर्ने वा रिसलाई आफ्नो खेलकुद वा घरको काममै लगाएर शक्ति खर्च गर्ने ।

रिसले निम्त्याउने रोग : रिसले टाउको दुख्ने, ब्लड प्रेसर बढ्ने, अल्सर हुने, छालाको रोगहरु हुने वा लागु पदार्थ वा मद्यपानको सेवन जथाभावी गर्ने हुनसक्छ ।

रिसको व्यवस्थापन

रिसको व्यवस्थापन गर्नको लागि रिस कुन ठाउँवाट उठ्छ भन्ने जान्नु आवश्यक छ । लिम्बीक सिस्टमको एमिगडेला भन्ने ठाउँबाट रिस उठ्छ । एमिगडेलामा उठेको रिस ठिक होइन भन्ने सुझाव प्रिफ्रोन्टल कर्टेक्सले दिन्छ ।

रिस उठेको बेलामा मलाई रिस उठेको छ भन्ने विचार मनमा ल्याउन सक्यो भने प्रिफ्रोन्टल कर्टेक्स एक्टीव हुन्छ र रिसलाई कट्रोल गर भन्ने निर्देशन एमिगडेलालाई दिन्छ ।

अर्थात रिस उठेको बेलामा मलाई रिस उठेको छ भन्ने याद गर्ने र ४,५ पटक लामो स्वास लिने र छोड्ने गर्ने वानी ग¥यो भने रिस कम भै हाल्छ । रिस कम हुनु भनेकै आफुलाई र अरुलाई हानी नोक्सानी हुने काम नगर्नु हो र आफुलाई लाग्न सक्ने विभिन्न रोगहरुबाट वच्ने राम्रो उपाए पनि हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement