कम्पनी टाठ पल्टिएपछि अनिल अम्बानीले दिए राजीनामा


एजेन्सी – अनिल अम्बानीले रिलायन्स कम्युनिकेसन्स (आरकम) को निर्देशक पदबाट राजीनामा दिएका छन् । कम्पनीले जुलाई–सेप्टेम्बर त्रैमासिकमा ३० हजार १४२ करोड रुपैयाँ घाटा बेहोरेपछि उनले निर्देशक पदबाट राजीनामा दिएको कम्पनीले शनिबार रेगुलेटरी फाइलिङमा यसको जानकारी दिएको हो ।

अम्बानीसँगै छाया विरानी, रायना करानी, मञ्जरी कक्कड र सुरेश रंगचरले पनि निर्देशक पदबाट राजीनामा दिएका छन् । आरकमले बीएसईलाई निर्देशक र सीएफओ पदबाट श्री मणिकान्तन वी ले पछिल्लो महिना नै राजीनामा दिएको जानकारी पनि गराएको थियो । यो सबै राजीनामा कम्पनीको कमिटी र क्रेडिटर्सको अगाडि राखिनेछ । आरकम यतिबेला खारेजीको प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement