काठमाण्डु – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय महाधिवेशन २०८२ जेठमा हुने भएको छ ।
आईतबार र सोमबार बसेको अनेरास्ववियु स्थायी कमिटीको बैठकले जेठ १ गतेदेखि ४ गतेसम्म गर्ने निर्णय गरेको हो ।
अनेरास्ववियु अध्यक्ष समिक बडालले मंगलबार विज्ञप्ति जारी गर्दै चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि कार्यविभाजन गरेको जनाएका छन् ।
बैठकले प्रत्येक स्थायी कमिटी सदस्यको कार्यविभाजन गरी स्ववियु निर्वाचन हुने क्याम्पसहरूमा परिचालन गर्ने निर्णय गरेको छ ।
यस्तो छ विज्ञप्ति –
प्रतिक्रिया