अन्टार्कटिकामा फेला पारे अन्तरिक्ष चट्टान


एजेन्सी – अन्टार्कटिकाको मरुभूमिबाट वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय टोलीले पाँचवटा नयाँ ‘अन्तरिक्ष चट्टानहरू’ फेला पारेका छन् र तीमध्ये एउटा झण्डै ८ किलोग्राम (१७ पाउन्ड) छ । युरेकअलर्टका अनुसार यहाँ फेला परेका झण्डै ४५ हजार उल्का पिण्डहरू मध्ये यो भर्खरै पत्ता लागेको उल्कापिण्डको आकार सय वटा पिण्डभन्दा ठूलो छ ।

अभियानमा सहभागी फिल्ड म्युजियम एन्ड युनिभर्सिटी अफ शिकागोका अनुसन्धान वैज्ञानिक मारिया वाल्डेसका अनुसार साना उल्कापिण्ड पनि अविश्वसनीय रूपमा मूल्यवान छन् ।

युनिभर्सिटी लिब्रे डि ब्रक्इल्सका भल्देस र भिन्सियन डिबेली, इटीएच–जुरिचकी मारिया स्होनब्याचलर र भ्रिजी युनिभर्सिटी ब्रसेलका रोगा माएडा अध्ययनमा सहभागी थिए । अनुसन्धानको नेतृत्व भिन्सियनले गरेका थिए ।

टोलीले फेला पारेको उल्कापिण्ड अब रोयल बेल्जियम इन्स्टिच्युट अफ नेचुरल साइन्सले विश्लेषण गर्नेछ । अनुसन्धानकर्ताहरूले उल्का पिण्डको अवशेषहरूको पनि अध्ययन गर्नेछन् ।

यस बाहेक चार अनुसन्धानकर्ताहरूले उल्का पिण्डको अवशेषहरूको पनि अध्ययन गर्नेछन् । उल्कापिण्डको अध्ययनले ब्रह्माण्डमा हाम्रो स्थानलाई अझ राम्रोसँग बुझ्न मद्दत गरेको टोलीकी सदस्य भल्देसले बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement