‘मि टु’ आरोप लगाएर मेरो रोजीरोटी खोसिदिए : अनु मलिक


एजेन्सी – यौन दुर्व्यवहारको आरोप लागेका भारतीय संगीतकार अनु मलिकले एक वर्षपछि मुख खोलेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत एक विज्ञप्ति जारी गर्दै उनले आफूलाई लागेको यौन दुर्व्यवहारको आरोप झुटो भएको बताएका छन् ।

‘मैले गर्दै नगरेको कामका लागि दोष पाएको एक वर्ष भइसक्यो’, उनले लेखेका छन्, ‘म सत्य आफै बाहिर आउनेको पर्खाइमा शान्त थिए तर यो शान्तिलाई मानिसहरुले मेरो कमजोरीका रुपमा लिन थाले ।’

आरोपले उनको करियरलाई कलंकित बनाउनुका साथै परिवारलाई समेत असर गरेको बताए । ट्विटमा उनले उक्त आरोपको घटनाले आफ्नो करियर, परिवार र प्रतिष्ठामा समेत असर गरेको बताएका छन् ।

‘यस बारेमा पहिले किन बोलिएन ? म टिभीमा आएपछि मात्र यो कुरा किन सतहमा आउँछ । जबकी यो मात्र मेरो रोजीरोटीको श्रोत हो ।’ उनले लेखेका छन् ।

गत वर्ष सोना महापात्रा, स्वेता पंडित तथा नेहा भासिनले यौन दुर्व्यवहारको आरोप लगाएपछि मलिकलाई भारतीय चर्चित सांगितिक कार्यक्रम इण्डियन आइडलको निर्णायकबाट समेत हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement