विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश पदका लागि अनुमोदित


काठमाण्डु- कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश पदका लागि अनुमोदित भएका छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठकबाट श्रेष्ठ सर्वसम्मतिले अनुमोदित भएका हुन् ।

अब समितिले श्रेष्ठ अनुमोदित भएको ब्यहोराको पत्र संवैधानिक परिषद्मा लेखेर पठाउनेछ । समितिको सिफारिस पुगेसँगै अब राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीशको शपथ खुवाइएपछि प्रधानन्यायाधीशका रूपमा श्रेष्ठले सर्वोच्च अदालतमा पद बहाली गर्नेछन् ।

गत साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement