सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाद्वारा ल्होत्से हिमालको सफल आरोहण

सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाद्वारा ल्होत्से हिमालको सफल आरोहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले जेठ ४ गते ल्होत्से हिमालको सफल आरोहण गरेकी छन् ।

यसअघि १७ मे बिहान १० बजेर २० मिनेटमा उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत सफल आरोहण गरेकी थिइन् ।

उनीसँगै सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले समेत विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् । सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला आरोही रहेका सहप्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।