दिदीबहिनी कपको उपाधि एपिएफले जित्यो


काठमाडौं – विभागीय टोली सशस्त्र प्रहरीको एपिएफले चौँथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

१३ औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा अर्को विभागीय टोली नेपाल पुलिसलाई ४–१ को सेटमा हराउँदै एपिएफले उपाधि जितेको हो । फाइनल खेल शुक्रवार नै हुने भनिए पनि वर्षाका कारण आजलाई सरेको थियो ।

पहिलो सेट २५–१५ ले गुमाएको एपिएफले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेटमा २५–२८, तेस्रोमा २५–२१ र चौथोमा २५–१२ ले जित हात पार्दै च्याम्पियन बनेको हो ।

एपिएफले सेमिफाइनलमा न्यू डाइमन्डलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो भने पुलिसले अर्को विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको थियो । आजै भएको तेस्रो स्थानको प्रतिस्पर्धामा न्यु डाइमन्डले आर्मीलाई पराजित ग‍र्यो ।

प्रतियोगिताको विजेताले दुई लाख नगद पुरस्कार पाएका छन् । दोस्रो हुने टोलीले एक लाख तथा तेस्रो हुनेले ५० हजार नगद पुरस्कार पाए । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement