दार्चुलाको छाङरुमा सशस्त्रको बोर्डर आउट पोस्ट स्थापना (फोटोफिचर)


काठमाडौं – दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएको छ ।

एआईजी नारायणबाबु थापा, डिआइजी हरिशंकर बुढाथोकी र गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा.ईन्द्रजित राईले संयुक्त रुपमा बोर्डर पोष्टको स्थापना गरेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली आज त्यसतर्फ गएको हो ।

२५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीसहितको टोली छाङरु पुगेको हो । दार्चुला सुदरमुकाम खलंगाबाट २ चरणमा गरि टोली व्यास गाउँपालिका–१ छाङरुमा पुगेको हो ।

नेपाली सेनाको हेलिकोप्टरले ६ महिना पुग्ने खाद्यान्न, तारबार, इन्धन, सोलार र अन्य बन्दोबस्तीको सामान लिएर गएको छ ।

लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गर्न काठमाडौँबाट आज टोली त्यसतर्फ प्रस्थान गरेको थियो ।

भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि आज नेपाली सेनाको हेलिकोप्टरमा सशस्त्र प्रहरीको टोली पठाइएको हो । बुधबार नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरले टोलीलाई लिएर गएको हो ।

सशस्त्रको टोली बस्ने ठाउँ, घर र अन्य बन्दोबस्ती मिलाउन डिएसपीको टोली कालापानीबाट करिब १२ किलोमिटर दक्षिणपूर्वमा पर्ने छाङ्‌रु पुगेको हो ।

सरकारले गत मङ्सिरमा नै यहाँ बिओपी राख्ने निर्णय गरेको भएपनि अहिलेसम्म स्थापना हुनसकेको थिएन ।

प्रतिक्रिया दिनुहोस
Advertisement